कुशे गाउँपालिका-१ काफलवाटामा नेकपा ऐमालेले गरेको चुनावी सभामा काङ्ग्रेस कार्यकर्ताले आक्रमण भएको एमालेले जनाएको छ ।
सभामा एमालेका कार्यकर्ता चुनावी घोषणा पत्र पढिरहेका बेला काङ्ग्रेसका कार्यकर्ता पृथीबहादुर शाहीको नेतृत्वमा आएको टोलीले आक्रमण गरी आफ्ना तीन जना कार्यकर्ता गम्भीर घाइते बनाएको नेकपा एमाले पार्टी सचिव प्रेमप्रसाद घर्तीले बताए ।
घर्तीका अनुसार एमाले कार्यकर्ता शेरबहादुर सिंहलाई चक्कु प्रहार गरीएको छ भने ढुङ्गा प्रहारबाट भिमबहादुर चलाउनेको बायाँ हात र सन्दिप बिकको दायाँ गोडामा गम्भीर चोट लागेको छ ।
घटनालगत्तै एमालेद्वारा आयोजना गरिएको औपचारिक सभाको कार्यक्रम स्थगित गरिएकोसमेत उप सचिव र्घर्तीले बताए । घटना भएलगत्तै इलाका प्रहरी चौकी पाचँकाटियाबाट प्रहरी बल घटना स्थलमा पठाइएको तथा घटनास्थल र प्रहरी चौकीको दुरी २/३ घण्टा लाग्ने भएकाले घटनाको विस्तृत विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यलयका डिएसपी भावेश रिमालले बताए ।