१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती सोनारी गाउँपालिका– ८ का ४३ वर्षीय डिल्ली घर्तीलाई साउन ४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ४ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बताउनु भयो ।
राती १२ बजे घरमा सुतिरहेको अवस्थामा आरोपित घर भित्र पसेर बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ४ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको ओसीएसी प्रमुख कविता पौडेलले बताउनु भयो ।