INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

५३ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नपा—२ जुडिबेलाका ५० वर्षीय लालबहादुर घलानविरुद्ध पीडितले असार ३२ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा उजुरी दिएकी छन् ।

पीडित महिलालाई आरोपितले असार २५ गते बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएको बताएकी छन् ।

पीडित महिलाले दिएको उजुरी सोहि दिन दर्ता गरी घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यलय चन्द्रनिगहापुरका डिएसपी सन्तुलाल प्रसाद जयसवालले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार ३२ गते चन्द्रनिगहापुर अस्पतालमा गरिएको छ । आरोपित घलान ‘फरार’ रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरका डिएसपी जयसवालले जानकारी दिनु भयो ।

अन्य

भिडियो