INSEC Online

📅 २०८३ जेष्ठ २१

मोरङ कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय नीरबहादुर नेपालको उपचारका क्रममा असार ३१ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

अत्यधिक ज्वरो आएर उपचारका लागि असार ३० गते कोशी अस्पतालमा भर्ना गरिएका नेपालीको उपचारका क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

मृतक नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर यज्ञराज खरेलले बताउनु भएको छ ।

अत्यधिक ज्वरो आएर उपचारका लागि भर्ना गरिएका अन्य कैदीबन्दीहरूको एण्टीजेन परीक्षण क्रममा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको कोशी अस्पताल प्रशासनले जनाएको छ ।

बिरामी परेका कैदीबन्दीहरूको कोशी अस्पतालमा असार ३१ गते गरिएको एण्टीजेन परीक्षणमा सङ्क्रमण पुष्टि भएको मेसु खरेलले बताउनु भयो ।

विराटनगर महानगरपालिका–८ मा स्थित कारागार प्रशासनले अत्यधिक ज्वरो आएपछि १८ जना कैदीबन्दीलाई असार ३० गते उपचारका लागि कोशी अस्पताल भर्ना गरेको थियो ।

बिरामी भएर भर्ना गरेका मध्ये १६ जनाको एण्टीजेन पोजेटिभ र दुई जनाको नेगेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर यज्ञराज खरेलले बताउनु भएको छ ।

ज्यान मार्ने उद्योगको मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेपछि ०७६ साउन २५ गतेदेखि नीरबहादुर नेपाल कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहेका थिए ।

पीडित पक्षले असार ३१ शव बुझी लगेको कोशी अस्पताल प्रशासनले जनाएको छ ।

पीडित पक्षले सुन्दरहरैँचा नगरपालिका–४ स्थित घाटमा सद्गत गर्ने जनाएको छ ।

अन्य

भिडियो