INSEC Online

📅 २०८३ जेष्ठ २१

छात्रामैत्री शौचालयको अभावमा विद्यार्थी खुल्ला स्थानमा शौच गर्न बाध्य

मुगुम कार्मारोङ गाँउपालिका–८ माँग्री गाँउस्थित बुद्ध माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय नभएको र शौचालयको सङ्ख्या कमी भएकाले त्यहाँ अध्यनरत विद्यार्थीहरूले खुल्ला स्थानमा शौच गर्न बाध्य हुनु परेको छ ।

बुद्ध माध्यमिक विद्यालयमा ५ सय ६४ जना विद्यार्थीहरू अध्यनरत छन । ति विद्यार्थीहरूकालागि विद्यालयमा दुई वटा मात्र शौचालय रहेका छन् । विद्यार्थी सङ्ख्याका आधारमा शौचालय कमी भएको र छात्रामैत्री शौचालय नहुँदा विद्यार्थीहरूले खुल्ला स्थानमा शौच गर्नुपर्ने बाध्यता रहेको हो ।

दुई ओटा शौचालय सात वर्षअघि निमार्ण गरिएको थियो । यही शौचालय शिक्षक र विद्यार्थीहरूले प्रयोग गर्दै आएको भएपनि अहिले विद्यार्थीको सङ्ख्या बढेको छ । यही शौचालयमा शिक्षक विद्यार्थीले प्रयोग गर्ने भएपछि शौच लागेको बेला पालो नपाइदा विद्यार्थीहरू विद्यालय वरपरको स्थानीयको जमिनमा शौच गर्ने गरेको मुगुम कार्मारोङ गाँउपालिका–८ का अभिभावक पेमा सेराप लामाले बताउनु भयो ।

विद्यालयम दुई ओटा मात्र शौचालय छन । शौच लागेको बेला पालो कुर्नुपर्छ, पालो कुर्दाकुर्दे पढाई समेत छुट्छ । पालो कुर्नु भन्दा विद्यालय भन्दा अलि टाढा पुगेर खुल्ला स्थानमा शौच गर्नु परेको सोही विद्यालयको कक्षा नौ मा अध्यनरत सोनाम टोमा लामाले बताउनु भयो । सोही विद्यालयको कक्षा १० मा अध्यनरत पेमा योन्जन लामाले दुई ओटा शौचालय भएपनि छात्र छात्राकालागि छुटाएको छैन । दुई ओटैमा शिक्षकदेखि सबै विद्यार्थीले प्रयोग गर्नुपर्दा सबै भन्दा बढी छात्राहरूकालागि समस्या भएको बताउनु भयो ।

विद्यालयका प्रद्यानाध्यापक लग्नसिंह सेजुवालले दिनु भएको जानकारी अनुसार यो शौचालय सात वर्षअघि निमार्ण गरिएको थियो । अहिले विद्यार्थीको चापले यो शौचालयले पुग्दैन थप शौचालय निमार्ण गर्न विद्यालयको आफनै बजेट नभएको र गाँउपालिकालाई आवश्यकता अनुसार शौचालय निमार्णकालागि विद्यालय ब्यवस्थापन समितिबाट निर्णय गरी माग गरेको र अन्य गैरसरकारी संस्थालाई समेत अनुरोध गरेको भएपनि कसैबाट सुनुवाई नभएको उहाँले गुनासो गर्नु भयो ।

अन्य

भिडियो