INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा नौ वर्ष कैद सजाय

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मध्यविन्दु नपा–५ का ५२ वर्षीय कृष्ण परियारलाई नौ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश नन्दकिशोर प्रसाद यादवको असार २८ गतेको इजलासले कसुर गरेको ठहर गर्दैं नौ वर्ष कैद र ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालतका स्रेतेदार महेन्द्रप्रसाद पौड्यालले जानकारी दिनु भयो ।

पीडित बालिकालाई परियारले ०७६ चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले ०७६ चैत १३ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएको थियो ।

प्रहरीले परियारलाई चैत १४ गते घरबाट गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परिक्षण २०७६ चैत १३ गते चितवन जिल्ला अस्पताल भरतपुरमा गरिएको थियो ।

अन्य

भिडियो