INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै पीडितले रामनगर गाउँपालिका–२ खैरबाका ३८ वर्षीय सुमन यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार २७ गते उजुरी दिएकी छन् ।

पीडित महिलालाई आरोपितले असार १६ गते बलात्कार प्रयास गरेको पीडित महिलाले इन्सेक जिल्ला प्रतिनिधिलाई बताइन्।

घटनापछि आरोपित यादव भारततर्फ भागेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार २७ गते जिल्ला अस्पताल मलङ्वामा गरिएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।

अन्य

भिडियो