INSEC Online

📅 २०८३ जेष्ठ २१

पीडितका साक्षी फेरेर अदलतमा बयान

जिल्ला अदालत सिन्धुलीले ०७९ असार २७ गते दिउँसो पीडितका साक्षी फेरेर बयान गराएको छ ।

बलत्कार प्रयास र दुर्व्यवहारको मुद्दामा पीडितका साक्षी नै परिवर्तन गरेर अदालतमा बयान गराइएको हो ।

पीडितले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा असार २७ गते दिउँसो अदालतमा नै आफ्ना साक्षी मुद्दा दर्ता गर्दा लक्ष्मी थापा र सुमन चौधरी रहेकोमा प्रहरीले साक्षी परिवर्तन गराएको बताइन् ।

पीडितले आफूले पहिले राखेका साक्षी भन्दा फरक व्यक्ति पीडकका नातामा आफन्त पर्नेलाई आफ्नो साक्षी राखेर अदालतमा बयान गराएको बताइन् ।

प्रहरीले पीडक निमा लामाकी भाउजू सुकमाया लामिछाने, छिमेकी समसेर परियार र नरमाया गिरीलाई पीडितको साक्षी कायम गराएको छ ।

पीडितले साक्षी परिवर्तन गरेर प्रहरीले बयान गराउदा आफूलाई अन्याय गरेको इन्सेक प्रतिनिधिलाई बताइन् । साथै उनले सबै निकायलाई न्यायका लागि पहल गरिदिन आग्रह गरिन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विलराज कँडेलले यस विषयमा जानकारी नभएको र के भएको हो आफूले बुझ्ने बताउनु भयो ।

पीडित महिलाले ४५ वर्षीय निमा लामाले आफूलाई बलत्कार प्रयास गरेको भन्दै ०७८ माघ १५ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दिएकी थिइन् ।

उजुरी दिन आउने क्रममा स्कुटर लडाई सोही दिन नै निमा लामाले प्रहरीकै अगाडि आफूलाई मसो दलेर दुर्व्यवहार गरेको पीडितले बताइन् ।

आरोपित लामाविरुद्ध जबरजस्ति करणी उद्योग र अभद्र व्यवहारको उजुरी दिन ०७८ माघ २० गते जिल्ला प्रहरी कार्यालय गएकोमा प्रहरीले उजुरी लिन मानेको थिएन् ।

जिल्ला प्रहरी कार्यालयले उजुरी लिन नमानेपछि पीडितले ०७८ माघ २१ गते राष्ट्रिय महिला आयोग, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएपछि प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

अन्य

भिडियो