२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला कन्चनरुप नगरपालिका– १० घर भइ महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने २५ वर्षीय मोआत हुसेन र मोरङ जिल्ला बुढिगङ्गा गाउँपालिका–५ घर भइ महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ३५ वर्षीय इलिभास मियालाई प्रहरीले०७९ असार २३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ललाइ फकाइ आरोपितको निवासमा लगी ०७९ असार १९ गते राती बलात्कार गरेको भन्दै ०७९ असार २० गते पीडित पक्षले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।
आरोपितलाई ललितपुर जिल्ला अदालतबाट जेठ २४ गते पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् एसपी सिद्धिविक्रम साहले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जानकारी दिएको छ ।