१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा १८ हजार रुपियाँ भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिजापतिले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितलाई आरोपितले ०७७ माघ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७८ साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई ०७८ साउन ४ गते गिरफ्तार गरेको थियो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७८ साउन २८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ साउन ४ गते गरिएको थियो ।
जिल्ला अदालतले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १६ वर्षीय १ बालकलाई ६ महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट दुई हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिजापतिले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७८ असोज ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई असोज ३१ गते गिरफ्तार गरेको थियो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७८ कात्तिक १४ गते जिल्ला अदालतमा यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ असोज ३१ गते गरिएको थियो ।
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले फाल्गुनन्द गाउँपालिका–१ का ४० वर्षीय मनप्रसाद दुलाललाई दुई वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिजापतिले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७६ फागुन ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।
प्रहरीले आरोपितविरूद्ध जिल्ला अदालतमा चैत २ गते दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ फागुन ८ गते गरिएको थियो ।