INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनुषा जिल्ला घर भई हरिपुर नगरपालिका–२ क्याम्पस चोक बस्ने ४२ वर्षीय राकेश महतोविरुद्ध चलेको मुद्दामा सर्लाही जिल्ला अदालतले असार २० गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतमा ०७७ चैत १३ गते दायर भएको मुद्दामा जिल्ला न्यायाधिश ध्रुवकुमार पियाको इजलासले मुल्तबीमा राख्ने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।

पीडित महिलालाई आरोपित महतोले ०७७ माघ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा फागुन ७ गते उजुरी दिएको थियो । इलाका प्रहरी कार्यालय हरिपुरले ०७७ फगुन ९ गते उजुरी दर्ता गरेको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७७ फागुन ९ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।

अन्य

भिडियो