धर्मदेवी गाउँपालिका–२ तामाफोकी ३४ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ ।
कथित बोक्सी भन्दै महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले धर्मदेवी गाउँपालिका–२ का ३७ वर्षीय मोहनबहादुर कार्कीलाई असार २० गते गिरफ्तार गरेको छ ।
आफूलाई धाँमी बताउने मोहनबहादुरले झारफुक गर्न आएकी महिलालाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर मिलन बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षले घटनाका आरोपितविरूद्ध प्रहरीमा लिखित उजुरी नदिएको इन्स्पेक्टर चौहानको भनाइ छ ।
कुटपिटबाट घाइते महिलाको धर्मदेवी गाउँपालिका–२ स्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।