वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य बिमला घिमिरेद्वारा समूहका अध्यक्ष इन्दिरा पन्तलाई कार्यक्रममा सम्मान पत्र प्रदान गर्नु भयो ।
११ वटा वडा रहेको बाणगंगामा सबै वडालाई बालश्रम मुक्त गरेर सिंगो नगर बालश्रम मुक्त भएको नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बताउनु भयो ।

नगरपालिकाले बालश्रम मुक्तका लागि चाहिने सबै सूचक पूरा भएसँगै बाणगंगालाई बालश्रम मुक्त नगर घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।
सरकारले २०८२ सम्ममा सिंगो नेपाललाई बालश्रम मुक्त गराउने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुरूप बाणगंगालाई बालश्रम मुक्त गरिएको हो ।
बालश्रम मुक्त नगर घोषणको प्रतिवेदन महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शुसिला पन्थले प्रस्तुत गर्नु भएको थियो ।