INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडित घाइते महिलाको इन्सेकको पहलमा उद्धार

घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरीकी ३१ वर्षीया रेखा मुक्तान खत्रीको ०७९ असार १८ गते घाइते अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिको पहलमा उद्धार गरिएको छ ।

पीडित रेखा पति ३७ वर्षीय तेजबहादुर खत्रीले असार १५ गते साँझ घरमै कुटपिट गर्दा गम्भीर घाइते हुनुभएको थियो ।

रेखालाई घरायसी विवादमा पतिले कुटपिट गर्दा आँखा, टाउको र हातमा गम्भीर चोट लागेको छ ।

घाइते रेखालाई राति नै आफन्तले स्थानीय स्वास्थ्य संस्थामा उपचारको लागि पुर्‍याएका थिए ।

पतिले पटकपटक कुटपिट गर्ने गरेकोले पीडितलाई थप उपचार तथा आश्रयको लागि इन्सेकको पहलमा उद्धार गरी असार १८ गते जिल्ला सदरमुकाम ल्याइएको हो ।

पीडितले आफूलाई बचाउन आग्रह गरेपछि इन्सेक प्रतिनिधिले सहयात्री समाज नेपालको सेफहाउसमा रिफर गर्नु भएको थियो ।

उद्धार गरेपछि पीडितले पटकपटक आफू मरेर बाँचेकोले त्यस घरमा नजाने भनेकोले पीडितलाई मनोपरामर्श सहितको उपचारको लागि सहयात्री समाज नेपालले सञ्चालन गरेको सेफहाउसमा राखिएको सेफहाउन इन्चार्ज तथा महिला अधिकारकर्मी गायत्री खतिवडाले बताउनुभयो ।

आरोपितविरुद्ध कार्यालय खुलेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने पीडितले बताउनु भयो ।

अन्य

भिडियो