INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहको समन्वयमा विपन्न परिवारलाई राहत समाग्री प्रदान

इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाको समन्वयमा बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी  ६१ वर्षीया घौघी थारुको परिवारलाई असार १५ गते राहत समाग्री प्रदान गरिएको छ ।

राहत सामाग्रीमा चामल, दाल, नुन, खाने तेल, भुजा , चिउरा , बिस्कुट , चिनी , चियापत्ति ,फलफुल , तरकारी लत्ताकपडा रहेको समूहका अध्यक्ष इन्दिरा पन्तले बताउनु भयो ।

उक्त सहयोग जुटाउनकालागि इन्सेकद्वारा गठित मानव अधिकार समूहका अध्यक्ष पन्तको समन्वयमा कपिलवस्तु उद्योग बाणिज्य संघबाट चामल, बाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेसबहादुर केसी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्थ, भगवती शर्मा आचार्य, हरिना गाहा,सन्तोष भुसाल, कुवेर हमालबाट सहयोग संकलन गरिएको थियो ।

समूहका अध्यक्ष पन्त र इन्सेक जिल्ला प्रतिनिधिले लत्ता कपडा र खाद्यान्य लगायतका सामाग्रीहरू खरिद गरी पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।

अति विपन्न परिवारका बोल्न, उठ्न र सुन्न नसक्ने ज्येष्ठ नागरिक  बिगत नौ महिना बिच्छौना बिनाको खटियामा सुत्दै आउनु भएको थियो ।

आर्थिक अवस्था कामजोर रहेकी उहाँका एक वर्षदेखि १३ वर्षसम्मका  सात जना बालबालिका शिक्षाबाट बञ्चित छन् ।

अर्काको घरमा काम गरेर, भैंसी र बाख्राको गोठालो गरेर दैनिक गुजारा चलाउँदै आएको छिमेकी तथा टोल बिकास संस्थाका सदस्य जगबहादुर थारुले बताउनु भयो ।

अन्य

भिडियो