१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई असार १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन प्रहरी वृत्त कीर्तिपुरमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरी आधारमा अनुसन्धानका लागि आरोपितलाई असार १५ गते डेरा कोठाबाट बाटै गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसुति गृहमा असार १४ गते गरिएको छ ।