INSEC Online

📅 २०८३ जेष्ठ २१

 हत्या घटनाका आरोपित पति र ससुरा गिरफ्तार

३५ वर्षीया गौरीदेवी मण्डललाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले शहिदनगर नगरपालिका–८ नाथपट्टीका ३७ वर्षीय पति रामचन्द्र मण्डल खत्वे र ५५ वर्षीय ससुरा सहदेव मण्डल खत्वेलाई असार ८ गते गिरफ्तार गरेको छ ।

गौरीदेवी मण्डललाई ०७८ कात्तिक ३० राति आरोपित पति रामचन्द्र मण्डल र  ससुरा सहदेव मण्डलले घाँटी थिचेर हत्या गरेर ‘फरार’ भएका थिए ।

मृतक गौरी देवी मण्डलको आमा सिरहा जिल्ला गोलबजार नगरपालिका–५ बस्ने तेतरी देवी मण्डलले ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा शीर्षकमा इलाका प्रहरी कार्यालय यदुकुहामा मङ्सिर १ गते उजरी दिनु भएको थियो ।

आरोपितलाई खोजतलास गर्ने क्रममा भारतको लदनिया थाना (पञ्चायत) तेनुवाही गाउँमा लुकीछिपी बसिरहेको बेला असार ८ गते सिरहा जिल्ला वरियारपट्टी गाउँपालिका–३ वरियारपट्टी चौकतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले गिरफ्तार गरेको धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताउनु भयो ।

अन्य

भिडियो