१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार ७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार ६ गते बलात्कार गरेको भन्ने मौखिक उजुरी परेपछि इलाका प्रहरी कार्यालय नारेश्वरटारले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताउनु भयो ।
आरोपितलाई कारवाहीको माग गर्दै पीडित पक्षले असार ८ गते इलाका प्रहरी कार्यालय नारेश्वरटारमा लिखित उजुरी दिएको छ ।
पीडितको स्वास्थ्य परीक्षण असार ८ गते दमौली अस्पतालमा गरिएको छ । आरोपितलाई इलाका प्रहरी कार्यालय नारेश्वरटारको हिरासतमा राखिएको डिएसपी खड्काले बताउनु भयो ।