INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले १५ वर्षीय बालकलाई असार ५ गते गिरफ्तार गरेको छ ।

गत फागुन २० गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ असार ५ गते प्रहरीमा उजुरी दिएको छ ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपित बालकलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले बताउनु भयो ।

छोरीको महिनावारी रोकिएपछि सोधपुछ गर्दा बलात्कारमा परेको खुलेपछि असार ३ गते धौलागिरी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

अन्य

भिडियो