३४ वर्षीया सौतिनी आमालाई बलात्कार गरी फरार भएका २४ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार २ गते चौतारासाँगागढी नगरपालिकाको बलेफी बजारबाट गिरफ्तार गरेको छ ।
पीडितलाई ०७८ कात्तिक १९ गते राती घरमा सुतेको अवस्थामा बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले ०७९ वैशाख ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०७९ वैशाख ९ गते चौतारा अस्पतालमा भएको इन्स्पेक्टर के.सी.ले बताउनु भयो ।
आरोपितलाई प्रहरीले असार ३ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि थप अनुसन्धान थालेको जनाएको छ ।