चार वर्षीया बालिकालाई जेठ २८ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोलीले असार १ गते १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपितविरुद्ध असार १ गते दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई उनकै घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर राजन ढकालले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण बेनी अस्पतालमा असार १ गते गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट जितेन्द्र कँडेलले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।