त्रियुगा नगरपालिका–१ फुलजोरकी ४३ वर्षीया सृजना राईलाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले कटारी नगरपालिका–६ रिस्कुका ४५ वर्षीय रामकुमार सुर्खेतीलाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।
त्रियुगा नगरपालिका–१ फुलजोरमा पसल सञ्चालन गरेर बस्दै आएकी पूर्व पत्नीलाई के कति कारणले आरोपितले छुरा प्रहार गरी घाइते बनाए सो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष आचार्यले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
सृजनालाई छुरा प्रहार गरेपछि आरोपितले आँफैलाई छुरा प्रहार गरेको डिएसपी आचार्यले बताउनु भयो ।
छुरा प्रहारबाट घाइते दुवै जनालाई उद्दार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा भर्ना गरिएको छ ।