चौबिसे गाउँपालिका–५ हमेलाकी २८ वर्षीया सुनिता तामाङलाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३३ वर्षीय पति जसन तामाङलाई जेठ ३० गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले जेठ ३० गते राति खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा आरोपितलाई घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय डिएसपी चिरञ्जीवी दाहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
खुर्पा प्रहारबाट पीडितको बायाँ गोडा, दाँया हात र शरीरका विभिन्न भागमा चोट लागेको डिएसपी दाहालले बताउनु भयो ।
पीडितको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ ।
पत्नीलाई खुर्पा प्रहार गरेको विषयमा स्थानीयले प्रहरी चौकी मौनाबुधुकलाई जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
आरोपित चौबिसे गाउँपालिका–५ स्थित मछिन्द्रदेवी आधारभूत विद्यालयका स्थायी शिक्षक भएको डिएसपी दाहालको भनाइ छ ।
आरोपितविरूद्ध पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसा शीर्षकमा उजुरी दिएको डिएसपी चिरञ्जीवी दाहालले बताउनु भएको छ ।