INSEC Online

📅 २०८३ जेष्ठ २१

काङ्ग्रेस कार्यकर्ताको आाक्रमणबाट माओवादी कार्यकर्ता घाइते

नीलकण्ठ नगरपालिका- ५ निवासी  नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर कमिटी सदस्य एवम् योङ कम्युनिष्ट लिग नेपालका अध्यक्ष ३० वर्षीय हरि श्रेष्ठ  ०७९ जेठ २७ गते नेपाली काङ्ग्रेसका कार्यकर्ताको आक्रमणमा परि गम्भीर घाइते भएका छन् ।

नेपाली काङ्ग्रेसका कार्यकर्ता दिनेश थापामगरले धारिलो हतियारले हानेर घाइते पारेर भागेका पीडितले जानकारी दिनुभयो ।

कन्सल्टेन्सी कार्यालयमा बसिरहेको बेला कार्यालयमा आएर स्थानीय तह निर्वाचनको विषयलाई लिएर राजनीतिक रूपमा आक्रमण भए नेकपा माओवादी केन्द्र नीलकण्ठ कमिटीले जनाएको छ ।

घाइते श्रेष्ठको धादिङ अस्पतालमा उपचारपछि अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा पठाईएको छ ।

घटनाको सम्बन्धमा नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष मनराज भण्डारी (शैलेश) र योग कम्युनिस्ट लिगले जेठ २७ गते प्रेस विज्ञप्ति प्रकाशन गरी घटनामा संलग्नलाई कारबाही र उपचारको माग गरेको छ ।

FB_IMG_1654860263800

FB_IMG_1654858355707

अन्य

भिडियो