तमानखोला गाउँपालिकाका इञ्जिनियर ३० वर्षीय अर्जुनकुमार यादवलाई कुटपिट गरेको आरोपमा प्रहरीले तमानखोला गाउँपालिका–१ का २९ वर्षीय महेन्द्र थापा र २८ वर्षीय होमलाल रोकालाई जेठ २७ गते गिरफ्तार गरेको छ ।
तमानखोला गाउँपालिका–१ मा रहेको बुद्ध आधारभुत विद्यालयको भवन निर्माणको विषयलाई लिएर आरोपित थापा र रोकाले जेठ १४ गते गाउँपालिकाका इञ्जिनियर यादवमाथि कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
आरोपित विरुद्ध सार्वजनिक स्थानमा अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला अदालत बागलुङमा २७ गते उजुरी दर्ता गरी अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले बताउनु भयो ।