कबिलासी नपा–७ गैर बाजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बलवा टोलमा टेण्टको घर बनाएर बसिरहेका जियाशरण बरहीका ६ वर्षीय छोरा राँकी बरहीलाई एक अपरिचित व्यक्तिले अपहरण गरी हत्या गरेको अवस्थामा जेठ २४ गते शव फेला परेको छ ।
जेठ १७ गतेदेखि सम्पर्कविहीन बालक राँकी बरहीको खोजी गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका–२२ र महोत्तरीको पीपरा गाउँपालिका–६ मा पर्ने बसविट्टीस्थित दुधमती नदी छेउको झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले बताउनु भयो ।
जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई अपहरण गरेको भन्दै पीडित परिवारले बलवा प्रहरी चौकीमा जानकारी गराउँदै खोजबिनका लागि आग्रह गरेको बालकका बुबा जियाशरण बरहीले बताउनु भयो ।
शवको पोष्टमार्टम जेठ २५ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरी शव जियाशरणलाई बुझाइएको छ । घटनाको अनुसन्धान कार्य भइरहेको एसपी रजौरेले बताउनु भयो ।