INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–५ का ३१ वर्षीय विष्णु यादवलाई जिल्ला प्रहरी कार्यालय दाङले जेठ २५ गते गिरफ्तार गरेको छ ।

पीठिडतलाई आरोपितले विवाहको प्रलोभन देखाएर जेठ ३ गते भारतको पानीपथ हरियाणा  लगेर जेठ १४ गतेसम्म कोठामा बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ ।

पीडित पक्षले बालिका बेचविखनमा परेको भन्दै जेठ ७ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएपछि प्रहरीको विशेष टोलीले भारतको पानीपथबाट उद्धार गरेर जेठ २५ गते दाङ ल्याएको इन्स्पेक्टर रञ्जु केसीले बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

अन्य

भिडियो