७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत बिहारी प्रदेश, बेतिया जिल्ला घर भई महालक्ष्मी नगरपालिका–४ इमाडोलमा फर्निचरको काम गर्ने २५ वर्षीय सन्दिपकुमार शर्मालाई प्रहरीले ०७९ जेठ २२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ०७९ जेठ २२ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले सोही दिन महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।
आरोपितलाई ललितपुर जिल्ला अदालतबाट जेठ २३ गते पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २२ गते पाटन अस्पताल गरिएको छ ।