छुवाछूत मुक्त राष्ट्र घोषणाका १६ वर्ष भइसक्दासमेत जातीय विभेद र छुवाछुतजन्य घटनालाई नेपाली समाजबाट उन्मुलन गर्न सकिएको छैन ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस जेठ २१ गते विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ०६३ साल जेठ २१ गते तत्कालीन व्यवस्थापिका संसदले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेपछि हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकका अनुसार सन् २०२१ मा १२ जना महिलासहित २८ जना पीडित भएका छन् ।
पाँच वर्षको अवधिमा १ सय ५ जना महिला र १ सय ४० पुरुष गरी २ सय ४५ जना जातीय विभेदबाट पीडित भएका घटना इन्सेकले अभिलेख गरेको छ ।
