१६ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–६ कोटका १६ वर्षीय र १७ वर्षीय बालकलाई जेठ १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितद्वयले जेठ १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १५ गते गरिएको छ ।