INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारले चुनाव सारेपछि मतदाता निराश

दुई दशकपछि हुन लागेको स्थानीय सरकारको निर्वाचनको मिति एक महिनापछि सारेपछि मतदान गर्न पाउने भन्दै खुसी भएका यहाँका मतदाता निराश भएका छन् ।

सरकारले वैशाख ३१ गतेका लागि चुनावको मिति घोषणा गरेसँगै आफ्ना जनप्रतिनिधि चयन गर्नका लागि मजदुरी गर्न भारत गएका मतदाताहरू घर आउने क्रम बढेको थियो । ‘निर्वाचनकै लागि भनेर भारतदेखि घर आइयो । तर, सरकारले निर्वाचन सार्‍यो । अब के गर्ने ?’-परशुराम नपा-५ का लबदेव भट्टराईले दुखेसो गरे ।

निर्वाचन गतिविधि तीव्र बनाइएसँगै सारिएको निर्वाचनमा मतदाता मात्रै नभइ राजनीतिक दलका नेताहरू पनि अन्यौलमा परेका छन् । चुनावको मिति सारेपछि प्रचार-प्रसारमा लाग्ने कि नलाग्ने भनेर दोधार भइरहेको इन्द्र महराले भने ।

निर्वाचनको मिति सरेसँगै डडेल्धुरामा निर्वाचनका गतिविधि न्यून हुनुका साथै राजनीतिक दलले उम्मेदवार चयन गर्ने काम पनि स्थगित गरेका छन् ।

अन्य

भिडियो