INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कमला नपा–१ मोगराहाका ३८ वर्षीय गुरुदयाल मण्डलविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी जेठ १२ गते दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले जेठ २ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप रहेको छ ।

पीडितले इलाका प्रहरी कार्यालय खजुरीमा जेठ ३ गते दिएको उजुरी जेठ १२ गते मात्रै दर्ता गरिएको हो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ३ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।

आरोपित भारततर्फ भागेकाले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय खजुरीका इन्स्पेक्टर निरञ्जन घिमिरेले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।

अन्य

भिडियो