खैरहनी नगरपालिका–१० की ३६ वर्षीया पत्नीलाई ०७९ जेठ १२ गते साँझ कुटपिट गरी गुप्ताङ्गमा समेत क्षति पुर्याएको आरोपमा पति ३८ वर्षीय रामचन्द्र माझीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ ।
पत्नीलाई कोठा भित्र थुनेर बन्दक बनाई कुटपिट गरी गुप्ताङ्गमा हात हाली पाठेघर निकालिदिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले बताउनुभयो ।
पीडित घाइतेलाई प्रहरीले उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल भर्ना गरिएको डिएसपी अधिकारीले बताउनु भयो ।
आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी नपरे पनि ज्यान मार्ने उद्योगमा अनुसन्धान अघि बढाइएको डिएसपी अधिकारीले जानकारी दिनु भयो ।