INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ ९ गते मोदी गाउँपालिका–६ तिलाहारका ३७ वर्षीय विकास लामिछानेलाई गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ ९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले अस्थायी प्रहरी चौकी डिमुवामा उजुरी दिएपछि सोही दिन अस्थायी प्रहरी चौकी डिमुवाले गिरफ्तार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर राजेन्द्र अधिकारीले फोनमार्फत जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १० गते नै पर्वत अस्पतालमा भएको छ ।

अन्य

भिडियो