धनकुटा नगरपालिका–१ हिलेकी ३५ वर्षीया सरस्वतीदेवी पण्डितलाई ३८ वर्षीय पति रञ्जित पण्डितले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
पीडितलाई मादक पदार्थ सेवन गरेका आरोपितले जेठ ८ बिहान घरायसी विवादका क्रममा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी चिरञ्जीवी दाहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पतिको खुकुरी प्रहारबाट पत्नीको टाउकोमा चोट लागेको छ । आरोपितलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय झिकाएको छ ।
पीडितको हिलेस्थित उज्यालो पोलिक्लिनिक प्रालिमा उपचारपछि घरमा आराम गरिरहेको प्रहरीले जनाएको छ ।
आरोपितविरूद्ध पीडित पक्षले जेठ ८ गते जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसा शीर्षकमा उजुरी दिएको डिएसपी दाहालले बताउनु भएको छ ।