कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ ।
वैशाख ३० गते भएको मतदानमा १ हजार ७ सय ७८ मतदाता रहेकोमा १ हजार २ सय ८८ मत खसेको मुचुल्कामा उल्लेख गरिएको थियो ।
मत गणना गर्ने क्रममा दुईटा मतपत्र बढी भेटिएपछि विवाद भएपछि मतगणना रोकिएको हो ।
मुख्या निर्वाचन अधिकृत धुर्वप्रसाद सापकोटाले मतदान अधिकृतले नै सही गरेको मतपत्र भेटिएको बताउनुभयो ।
मतमत्र बढी भेटिएपछि हाल मतगणना कार्य स्थगित भएको र वडा नंं १४ को मतगणना सुरु भएको उहाँले बतउनुभयो ।
बढी मत भेटिएपछि गणना गर्ने कि, नगर्ने भन्ने विषयमा विवाद रहेको र छलफलको प्रयास भई रहेको मतदान अधिकृत सापकोटाले जानकारी दिनुभयो ।