एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरो प्रमुख हरिष विक र जिल्ला सम्वाददाता राजन जैगडीलाई घोडाघोडी नगरपालिका कार्यालयका प्रमुख दिपक आचार्य र घोडाघोडी नगरपालिका—२ का निवर्तमान अध्यक्ष हरी विष्टले ज्यान मार्ने धम्की दिएको आरोपमा पीडित पक्षले जेठ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
घोडाघोडी नगरपालिका—स्थित कान्द्रा नदीमा जेठ १ गते अवैध रुपमा बालुवा उत्खनन भइरहेको विषयमा सूचना सङ्कलन गरिरहेको अवस्थामा आरोपितहरुले दुव्र्यवहार गरी ज्यान मार्ने धम्की समेत दिएकोले प्रहरीमा उजुरी दिएको एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरो प्रमुख विकले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
नागरिकलाई तथ्य सूचना सम्प्रेषण गर्ने उद्धेश्यले समाचार सङ्कलन गरिरहेका पत्रकारमाथि दुव्र्यवहार गरी ज्यान मार्ने धक्की समेत दिएको घटनाप्रति पत्रकार महासंघ जिल्ला शाखालगायत पत्रकारहरुका छाँता संगठनहरुले जेठ २ गते प्रेश विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी कार्वाहीको माग समेत गरेका छन् ।
आरोपित विरुद्ध पीडित पक्षले उजुरी गर्नु भएको भएपनि निर्वाचनमा प्रहरी प्रशासन केन्द्रीत हुँदै आएकोले केही दिन भित्रै आरोपितहरुलाई कार्वाहीको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।