INSEC Online

📅 २०८३ जेष्ठ २१

तुलसीपुर–१७ मा शान्तिपूर्ण मतदान जारी

स्थानीय तह निर्वाचन अन्तर्गत दाङको तुलसीपुर उपमनपा–१३ मा मतदान शान्तिपूर्णरुपमा जारी रहेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउसोसम्म ३० प्रतिशत प्रतिशत मत खसेको लुम्विनी प्रदेश निर्वाचन कार्यालय घोराहीले जनाएको छ ।

तुलसीपुर–१७ मा कुल ६ हजार १ सय १७ मतदाता छन । जनकल्याण मावि दुधरास दिपेन्द्र मावि मानपुर मतदान स्थलमा गरी सात वटा मतदान केन्द्र छन् । उक्त वडामा  नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार लबरू चौधरीको वैशाख २५ गते मृत्यु भए पछि वैशाख ३० गतेको मतदान कार्यक्रम जेठ ३ गते सारिएको थियो ।

मतदान साँझ पाँच बजेसम्म चल्ने र मतदान सकिएपछि जेठ ३ गते रातीबाट तुलसीपुरको मतगणना सुरू गरिने सहायक मतदान अधिकृत ढकबहादुर रावतले जानकारी दिनुभयो ।

अन्य

भिडियो