१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका–४ का २० वर्षीय अपैण नेम्बाङलाई वैशाख २७ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले वैशाख २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि मिक्लाजुङ गाँउपालिका–१ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी जवान युवराज दाहालले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २७ गते गरिएको छ ।