यमुनामाई गाउँपालिका–१ को जेठरहीया मावि (क) मतदान स्थलबाट मतदाताहरुले नै मतपेटिका लिएर भागेका छन् । सो मतदान स्थलको दुई ओटा मदतान केन्द्रको मतपेटिका स्थानीयले लिएर भागेका हुन् ।
नेकपा माओवादी केन्द्र र जसपा बिच विवाद हुँदा मतपेटिका खोसाखोस भएको थियो । माओवादीले सो केन्द्र कब्जा गर्न खोजेको भन्दै अन्य दलहरुले बिरोध गरेका थिए ।
मतपेटिका लिएर भागेपछि सुरक्षाकर्मीले मतपेटिका फिर्ता ल्याउन सफल भएको निर्वाचन अधिकृतले बताउनु भयो ।
विवादका बिच निर्वाचन रद्ध गरिएको यमुनामाई गाउँपपालिका निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनु भयो ।
निर्वाचन आयोगले अर्को सूचना जारी गरेपछि मात्रै निर्वाचन हुने निर्वाचन अधिकृत शर्माले बताउनु भयो ।