सुर्नया गाउँपालिका–२ का ३० वर्षीय मोहनराम विकमलाई वासुदेव मावि लिस्किटामा रहेको मतदान केन्द्रमा भोट हाल्न जानु भएका समयमा नेकपा एमाले र राप्रपाका कार्यकर्ताहरुले वैशाख ३० गते कुटपिट गरेका छन् ।
एमाले र राप्रपाका कार्यकर्ताहरुको कुटपिटबाट विकको दाँया खुट्टाको हड्डी खुस्किएको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य प्रकाश लुहारले बताउनु भयो ।
मतदान केन्द्रमा गएका बेला स्थानीय एमाले र राप्रपाका कार्यकर्ता विक्रम बिष्ट, दिनेश विष्ट, हरजीत विष्ट, संग्राम विष्टलगायतले लखेटेर कुटपिट गरी भिरमा खसालेपछि खुट्टको हड्डी खुस्कीको घाइते बिकले बताउनु भयो ।
कुटपिटमा संलग्न व्यक्ति हुनु भएका विक्रम बिष्ट, दिनेश विष्ट, हरजीत विष्ट, संग्राम विष्टलाई गिरफ्तार गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकराज जोशीले बताउनु भयो ।
कुटपिटबाट घाइते भएका विकको स्वास्थ्य उपचारका लागि जिल्ला अस्पताल लगिएकाे छ ।
