प्रदेश १ मा ६ हजार ५९ पदका लागि स्थानीय तह सदस्य निर्वाचनमा जारी छ । धनकुटाको सहिदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी मावि र वडा- ६ वडा कार्यालय मतदान स्थलका तीन ओटै केन्द्रको मतदान प्रक्रिया स्थगित गरिएको छ । मतदानका विषयमा नेकपा एमाले र गठबन्धनबिच विवाद भएपछि मतदान स्थतिग गरिएको छ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९,मिश्र भञ्ज्याङ्गस्थित जीवनज्योति आधारभूत विद्यालयमा बिहान ९ बजे कांग्रेस र एमाले कार्यकर्ताबीच लाइन बस्ने विषयमा विवादपछि मतदान रोकिएको छ । विवाद बढेपछि प्रहरीले नो राउण्ड हवाइ फायर गरेको छ । प्रदेश १ का अन्य क्षेत्रमा शान्तिपूर्ण ढङ्गमा निर्वाचन भइरहेको छ ।




























