INSEC Online

📅 २०८३ जेष्ठ २१

माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते

पुरचौडी नगरपालिका–५ कुवाकोटस्थित सल्लेली गाउँमा वैशाख २८ गते राति कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा माओवादीबाट वडा नम्बर ५ का वडासदस्यका उम्मेदवार नरेश बोहरा र कांग्रेसका गोपाल बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेशबहादुर पालले बताउनु भयो ।

प्रहरीको गस्ती टोली राती ११ बजे फर्किएपछि झपड भएको र अहिले स्थिति सामान्य रहेको उहाँको भनाइ छ ।

झडपका क्रममा घाइते भएका दुबै जनाको डडेल्धुरा उपक्षेत्रिय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

कांग्रेस कार्यकर्ताहरुको समुहले माओवादीबाट वडा सदस्यका उम्मेदवारमाथि आक्रमण गरेको माओवादीबाट मेयर पदका उम्मेदवार बिक्रम कुँवरको आरोप छ भने ले कांग्रेसका पुरचौडी नगर सभापति गणेश गडालले माओवादी समुहले आक्रमण गरेको आरोप छ ।

अन्य

भिडियो