INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदानमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न इन्सेकको अपिल

देशैभरका स्थानीय तहमा वैशाख ३० गते हुने निर्वाचनमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न इन्सेकले अपिल जारी गरेको छ ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा वैशाख २९ गते जारी अपिलमा मतदानमा भाग लिन आग्रह गरिएको हो ।

जननिर्वाचित प्रतिनिधिले प्रशासनिक, व्यवस्थापकीय तथा कार्यकारी क्रियाकलाप आधिकारिक रूपमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कार्यक्रम कार्यान्वयन गर्छन् । निर्वाचित प्रतिनिधिहरू स्वाभाविक रूपमा स्थानीय जनताप्रति जिम्मेवार हुन बाध्य हुन्छन् । फेरि लोकतान्त्रिक पद्दतिलाई बलियो बनाउने काम सबैभन्दा बढी स्थानीय तहले नै गर्ने हो । लोकतन्त्र बलियो बनाउन जनताको सहभागिता महत्वपूर्ण हुन्छ ।

‘स्थानीय तहको निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आमजनसमुदायमा हार्दिक अनुरोध गर्दछौँ ।’-अपिलमा भनिएको छ ।

मानव अधिकार, सामाजिक न्याय र विधिको शासनको प्रकृयाको सुदृढिकरण र सवलीकरणमा यो स्थानीय तहको निर्वाचनले महत्वपूर्ण योगदान पुर्‍याउने इन्सेकले विश्वास लिएको छ ।

‘नेपाली जनताले भोलि हुने निर्वाचनमार्फत आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई छान्न पाउने संविधान प्रदत्त सार्वभौम अधिकार प्रयोग गर्ने दिन हो । बिना कुनै डर, धाक–धम्की, त्रास र प्रलोभनमा नपरी मतदान गर्न हामी सम्पूर्ण मतदातालाई अपिल गर्दछौँ ।’-अपिलमा भनिएको छ ।

अन्य

भिडियो