INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदातालाई पैसा बाँडेको आरोपमा एमालेका वडाध्यक्ष उम्मेदवार गिरफ्तार

गुर्भाकोट नपा–११ मा नेकपा एमालेेबाट वडाध्यक्षका उम्मेदवार राजन विसीलाई मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको आरोपमा वैशाख २८ गते राति प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडामा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा मारेको थियो ।

प्रहरीले खानतलासी गर्दा बिसी बसेको घरबाट १ लाख १ हजार रुपियाँ फेला परेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

नगदसहित गिरफ्तार परेका उम्मेदवारलाई घटनास्थल मुचुल्कासहित प्रहरी चौकी मेहलकुनामा राखेका छौंँ। घर्तीले घटनाबारे थप अनुसन्धान हुने जानकारी दिए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत विसीले यस विषयमा आफूलाई जानकारी नभएको बताउनु भयो ।

अन्य

भिडियो