INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि कुटपिट

लालझाँडी गाउँपालिका–१ पानी टोलमा वैशाख २८ गते नेकपा एमालेका कार्यकर्ताहरुलाई माओवादी केन्द्रका कार्यकर्ताहरुले कुटपिट गरेका छन् ।

माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार मदन सेन बडायर, प्रकाश मगर, दिपक तिमिल्सिनालगायतका कार्यकताको कुटपिटबाट एमालेका कार्यकर्ता प्रकाश राना, किशोर जोशी, नरेश राना र दिनेश राना घाइते भएका छन् ।

प्रकाश मगर पूर्वमन्त्री बिना मगरका भाइ हुन भने दिपक तिमिल्सेना बिनाका स्वकीय सचिव हुन् ।

नेकपा माओवादी केन्द्रकी सांसद एवम् पूर्वमन्त्री विना मगरले मौन अवधिको वेवास्ता गरी चुनावी प्रचार प्रसारलाई निरन्तरता दिदै वैशाख २८ गते लालझाडी गाउँपालिका–१ पानी टोलमा बा १७ च ७९४२ नम्बरको गाडीमा पार्टीको चनाव चिंन्ह् अंकीत झण्डा सहित चुनावी भेलाको आयोजना गरी माओवादीबाट अध्यक्षका अम्मेदवारका पक्षमा मतमागेपछि एमालेका कार्यकर्ताहरुले विरोध गरी फोटो खिच्ने प्रयास गरेपछि वडाध्यक्षका उम्मेदवारलगायत माओवादी कार्यकर्ताहरुले आक्रमण गरी कुटपिट गरेका एमाले केन्द्रीय सदस्य कृपाराम रानाले बताउनु भयो ।

माओवादी कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप भएको जानकारी प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुग्दा स्थिति समान्य रहेको र घटनामा परी टाउँकोमा चोट लागेर घाइते भएका प्रकाश राना मात्रै सम्पर्कमा आउनु भएकोले उहाँको उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएका जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्रसिंह ठगुन्नाले बताउनु भयो ।

अन्य

भिडियो