मौन अवधी सुरु हुनु अघि वैशाख २७ गते शक्ति प्रदर्शन गरेका राजनितिक दल र उम्मेदवारले निर्वाचन आचारसंहितको उल्लंघन गरेका छन् ।
मोटरसाइल र सवारीको लावालस्कर सहित गोरखा सदरमुकाममा नेकपा एमाले र नेपाली कांग्रेसले शक्ति प्रदर्शन गरेका थिए ।
सो क्रममा आचारसंहिता विपरित ठुला झण्डाको प्रयोग, चर्को ध्वनीमा चुनावी प्रचार र हर्न बजाएर ध्वनी प्रदुषण गरेका थिए । नेपाली कांग्रेसको शक्ति प्रदर्शनमा बालबालिकाको प्रयोग समेत भएको थियो ।
त्यस्तै गोरखा नगरपालिका–२ ताप्लेमा आचारसंहितना विपरित माओवादी केन्द्रले निर्वाचन चिन्ह अंकित तोरण टागेको छ ।



