अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालयले वैशाख ३० हुने स्थानीय तह निर्वाचन ०७९ पुर्व जिल्लाका सरोकारवालासँग अन्रतक्रिया गरेको छन ।
इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेल लगायतका टोलीले वैशाख २७ गते मुख्य निर्वाचन अधिकृत दिनबन्दु बराल, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, प्रहरी प्रमुख केदार खनालसँग निर्वाचनको तयारीबारे जानकारी लिनु भएको थियो ।
मुख्य निर्वाचन अधिकृत बरालले तयारी बारे जानकारी दिदै सबै मतदान केन्द्रमा कर्मचारी खटाइएको बताउदै भौगोलिक रुपमा विकट चुमनुव्री गाउँपालिका र धार्चे गाउँपालिकामा पाँच दिन लगाएर कर्मचारी पुगेको बताउनुभयो ।
निर्वाचनलाई स्वच्छ र भय रहित वातावरणमा सम्पन्न गर्न सबै तयारी पुरा भएको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले मतदान केन्द्रको सुरक्षाको लागि विशेष प्राथमिकता रहेको जानकारी दिदै जिल्ला सुरक्षा समितिबाट सुरक्षा योजना मतदान केन्द्रको विश्लेषण गरी सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।
भौगोलिक हिसावले जटिल रहेको चुमनुव्री गाउँपालिकामा मतदान सम्पन्न भएपछि मतपेटीका सङ्कलनमा चुनौती देखिएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले निर्वाचन प्रचारको क्रममा ठुला घटना नभएको बताउनुभयो ।
फाट्टफुट् घटना घटेपनि विगतको तुलनामा यस पटकको निर्वाचन प्रचारमा दलहरुबिच ठुलो तिक्तता नदेखिएको उहाँले जानकारी दिनुभयाे ।

