मन्थली नगरपालिका–४ सालुमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवारको राजन घिमिरेको मोटरसाइकल ०७९ वैशाख २७ गते बिहान तोडफोड भएको छ ।
आफ्नै घरमा पार्किङमाग राखिको मोटरसाइकल राति आएका अज्ञात मानिसले तोडफोड गरेको घिमिरेले बताउनुभयो ।
प्रतिपक्षि दलका कार्यकर्ताले मोटरसाइकल तोडफोड गरेको हुनसक्ने उहाँले बताउनुभयो ।
तर तोडफोड गर्ने मानिसहरू चिन्न नसकिएको उहाँले बताउनुभयो ।
यस विषयमा प्रहरीमा मौखिक जानकारी दिएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजकुमार थिङले घटना बारे जानकारी आएको र प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।
