INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाताहरु अन्यौँलमा

बदर मत घटाउनको उद्धेश्यले बिगतका निर्वाचनहरुमा निर्वाचन आयोगले मतदात शिक्षा सञ्चालन गर्दै आएको भएपनि आसन्त स्थानीय तह निर्वाचनका लागि आयोगले समेत मतदाता शिक्षा सञ्चालन नगरेका कारण मत बदर हुने अवस्था देखिएको छ ।

आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै गएको अवस्थामा समेत जिल्लास्थित मतदातहरु सहि तरिकाले कसरी मतदान गर्ने भन्ने बारेमा चिन्तित देखिएका छन् ।

बेदकोट नगरपालिका–१० का  स्थानीय राजु थापाले आफू पहिलो पटक मतदान गर्न गइरहेको भएपनि अहिलेसम्म कैसेले पनि कसरी मत दिने भनेर शिक्षा नदिएको मत नै बदर हुने हो की भन्ने डर रहेको बताउनु भयो ।

भिमदत्त नगरपालिका–१८ का पार्वती कुवँंरले स्थानीय तहको चुनावमा कतिपय गठबन्धनका उम्मेदवार समेत रहेकाले भोट हाल्न नजानेर मत बदर हुने डर रहेको बताउनु भयो ।

दोधराचाँदनी नगरपालिकामा नेपाली काग्रेंसबाट प्रमुख पदका उम्मेदवार गोपाल भट्ले कार्यकर्ताहरुलाई गाउँघरमा परिचालन गरेर मतदाता शिक्षा दिइरहेका बताउनु भयो ।

निर्वाचन आयोगले आसन्त स्थानीय निर्वाचनमा निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रम नरहेको बताएपछि प्रत्येक वडामा मतदाता शिक्षा दिनका लागि पार्टीका कार्यकर्ताहरुलाई परिचालन गरिएको र उहाँहरुले मतदाता शिक्षा दिइरहेको भिमदत्त नगरपालिकामा एमालेबाट उपप्रमुखमा उम्मेदवार भुवन कँवरले बताउनु भयो ।

स्थानीय तह निर्वाचन ०७४ मा जिल्लाका नौ ओटै स्थानीय तहमा २ लाख ३५ हजार मतदाताले मतदान गरेकोमा ५ हजार ५९ मत बदर रहेको र सो मत कुल मतको ३.६५ प्रतिशत रहेको जिल्ला निर्वाचन कार्यालय कार्यालयका सूचना अधिकरी भानबहादुर महराले बताउनु भयो ।

वितगका  निर्वाचनमा मतदान शिक्षाका लागि स्वास्थ्य स्वयंसेविका र बालविकास सहजकर्ताहरुलाई परिचालन गरिएको भएपनि यस पटक आयोगले खर्च घटाउनका लागि एफएम, पत्रपत्रिका र सामाजिक सञ्जालको प्रयोग गरेर मतदाता शिक्षा दिदै आएको सूचना अधिकारी महराले बताउनु भयो ।

यस पटक मतदाता शिक्षाको अभावसँगै राजनीतिक दलहरुबीच गठबन्धन रहेका कारण पनि मतदाताहरुलाई केही समस्या उत्पन्न हुने भएकोले मतदाताहरुलाई सहि तरिकाले मतदान गर्न सम्बन्धीत सबैले सिकाउन आवश्यक भएको सूचना अधिकारी महराले बताउनु भयो ।

अन्य

भिडियो